×

गजल 

images

तिमी फूल बन्यौ म त पात मात्रै न हुँ 
तिमी मुटु कलेजी म त हात मात्रै न हुँ !

हेर्छ होला मलाई कस्ले तिमी पाएपछि 
तिमी मीठो भुजा म त भात मात्रै न हुँ !

जे सुकैको महत्त्व नि ठूलै हुँदा रैछ 
तिमी लाख हजार म त सात मात्रै न हुँ !

यस्तो लाग्न थाल्यो प्याला पुरै रित्तिँदा 
तिमी मीठो आनन्द म त मात मात्रै न हुँ !

पाइएला र उज्यालो यो अन्धकार बाहेक ।
तिमी नवीन मिर्मिरे म त रात मात्रै न हुँ !

शुक्रबार​ ३ चैत २०७९ ०१:४४ PM मा प्रकाशित

प्रतिक्रिया