×

वैदेशिक रोजगार बोर्ड नेशनल पेमेन्ट इन्टरफेसमा आबद्ध

images

वैदेशिक रोजगार बोर्ड नेपाल क्लियरिङ हाउसको नेशनल पेमेन्ट इन्टरफेसमा आबद्ध भएको छ । बोर्डले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई स्वचालित बनाउन क्लियरिङ हाउससँग सम्झौता गरेको हो ।

सम्झौतापत्रमा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनकुमार श्रेष्ठ र क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरे । उक्त सम्झौतापछि वैदेशिक रोजगार बोर्डले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई नेशनल पेमेन्ट स्वीचसँग जोडेर सोझै लाभग्राहीहरुको बैंक खातामा भुक्तानी गर्न सक्नेछ ।

यसले वैदेशिक रोजगारीमा अपाङ्गता अथवा मृत्यु भएका कामदारहरुको क्षतिपूर्तिको भुक्तानी, टेण्डर भुक्तानी, लगायत सम्पूर्ण भुक्तानी हरु पूर्ण स्वचालित रुपमा हुनेछ । सम्झौताअघि सम्पूर्ण भुक्तानी कारोबारहरू चेकमार्फत गरिने गरिन्थ्यो । यसले बोर्डको सेवा प्रवाहमा उल्लेख्य सुधार आउनुका साथै पीडित परिवारले सहज रुपमा भुक्तानी प्राप्त गर्न सक्नेछन् । 

नेपाल सरकारले वैदेशिक रोजगार व्यवसायलाई प्रबद्र्धन गर्न, सो व्यवसायलाई  सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा बैदेशिक रोजगारमा जाने कामदार र वैदेशिक रोजगार व्यवसायीको हकहित संरक्षण गर्ने प्रयोजनले बैदेशिक रोजगार बोर्डको स्थापना गरेको हो ।

 

बिहीबार ५ फागुन २०७८ १२:४२ PM मा प्रकाशित

प्रतिक्रिया