×

पूर्ण चन्द्र र राजुको जोडी सेमिफाईनलमा

images

नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको आयोजनमा भईरहेको तेश्रो यलम्बर कप तथा प्रथम राष्ट्रब्यापी भेट्रान ब्याडमिन्टन च्याम्पियनसिपमा किर्तिपुरका पूर्ण चन्द्र जोशी र राजु महर्जनको जोडी सेमिफाईनल प्रवेश गरेका छन् । उक्त जोडीले बुटवलका नारायण प्रसाद घिमिरे र बिष्णु श्रेष्ठको जोडीलाई १६–२१, २१–१६, २१–११ ले पराजित गर्दै सेमिफाईनल स्थान सुरक्षित गरे । यस्तै एनवाइसी का पूर्ण बुढाथोकी र कुमार राईको जोडीले ग्यालेक्सीका राजु भुजु र रमेश डङ्गोलको जोडीलाई २१–१८, १७–२१, २१–१८ ले, ललितपुरका सुरेश बस्नेत र इमाडोल ब्याडमिन्टनका दिल बहादुर कदङ्गवाको जोडीले एनवाईसीका कुल प्रसाद लिम्बु र मेघ राज लिम्बुको जोडीलाई २१–५, २१–८ ले तथा एपिएफका बल बहादुर लामिछाने र प्रेम कुमार श्रैष्ठको जोडीले कास्कीका रमेश भट्टचन र कमल थापाको जोडीलाई २१–१८, २१–१० ले पराजित गर्दै अन्तिम ४ मा स्थान बनाएका हुन् ।

पुरुष डबल्स ३५ बर्ष माथिको स्पर्धामा कास्कीका विशाल खड्का र आर्मीका सुरोज महर्जनको जोडीले विजयी सुरुवात गरे । उक्त जोडीले पिबिसीका सुनिल बाराही र ब्याडमिन्टन रिमिक्स क्लबका राजेन्द्र महर्जनको जोडीलाई २१–१०, २१–१९ को सोझो सेटमा पराजित गर्दै अन्तिम १६ मा स्थान बनाए । यस्तै नुवाकोटका चन्दन घले र सामाखुसीका टिका थापा मगरको जोडीले वाईबीसी का रविन्द्र श्रेष्ठ र सुरोज श्रेष्ठको जोडीलाई २१–१५, १६–२१, २१–१६ ले पराजित गरे । यस्तै अन्तिम १६ प्रवेश गर्ने क्रममा मानभवन ब्याडमिन्टन क्लबका आकाष छन्त्याल र न्यु बिएसका नारायण गौतमले तेजेन्द्र गुरुङ्ग र सुभाष उलकबाट वाकओभर, मध्यपुर ब्याडमिन्टन क्लबका दीपक खत्री र केशव कार्कीको जोडीले एमएससी का सुर्य बल र छत्र लामिछानेको जोडीलाई २१–१०, २१–११ ले, चितवनका विद्वान गुरुङ र किरण लामाको जोडीले इमाडोल ब्याडमिन्टन एण्ड स्पोर्टस् क्लबका हरि दर्नाल र पद्दुपती श्रेष्ठको जोडीलाई २१–९, २१–५ ले, ब्याडमिन्टन रिमिक्स क्लबका शान्त डङ्गोल र दिपेश शाक्यको जोडीले एनवाईसीका जय राई र राकेश राईको जोडीलाई २१–१२, २१–१५ ले, दथुलका राजु बज्राचार्य र नखिपोटका राम राईको जोडीले चन्द्रागिरी ब्याडमिन्टन क्लबका धर्म घिमिरे र बिपिन शाहको जोडीलाई २१–१४, २१–१४ले, ब्याडमिन्टन रिमिक्स क्लबका दिपन महर्जन र भुवन श्रेष्ठको जोडीले बुद्धनगर ब्याडमिन्टन क्लबका एसआए दर्लामी र कुमार राईको जोडीलाई २१–१४, २१–६ ले, मानभवन ब्याडमिन्टन क्लबका उपेन्द्र गिरी र विभोर लामाको जोडीले दशरद बुढा र प्रदीप राईको जोडीलाई १६–२१, २१–१८, २१–१९ ले, एपिएफका धिरेन चन्द र इन्द्र महताको जोडीले स्वस्तीक स्पोर्टस् क्लबका  छत्र नायक र बिक्रम निरौलाको जोडीलाई २१–१७, २१–१७ ले, मध्यपुर ब्याडमिन्टन क्लबका नवराज भण्डारी र शालिक गौतमको जोडीले एनवाईसीका मुकेश राई र कुल श्रेष्ठको जोडीलाई २१–१८, २१–१४ ले, चितवनका राज कुमार गुरुङ र टोखाका दामोदर श्रेष्ठको जोडीले विकास राई र दिनेश राईको जोडीलाई २१–७, १८–२१, २१–१७ ले, थेचो ब्याडमिन्टन कलबका देभेश बस्नेत र प्रल्हाद के.सी.को जोडीले जीवन गुरुङ र सान बहादुर साम्बाको जोडीलाई १६–२१, २१–१४, २४–२२ ले, इमाडोल ब्याडमिन्टन एण्ड स्पोर्टस्का डी. कुमार आचार्य र आर. घिमिरेको जोडीले मध्यपुर ब्याडमिन्टन क्लबका नवराज सापकोटा र सन्तोष श्रेष्ठको जोडीलाई २१–१९, १६–२१, २१–१५ ले पराजित गरे भने, पुलिसका बिष्णु कटुवाल र कास्कीका शम्भु कुमार श्रेष्ठको जोडीले कलंकीका राम आले मगर र रितेश राज श्रेष्ठको जोडीबाट वाक ओभर प्राप्त गरे ।

यस्तै पुरुष जोडी ४५ बर्ष सुनिल बज्राचार्य र भरत प्रसाद चौरसिया, एनएका सान बहादुर साम्बा र कमल थापा, एपिएफका धिरेन चन्द र चेत सिंह थापा, पाँचथरका गजेन्द्र बहादुर लिम्बु र नविन सिंह राई, देवीनगर ब्याडमिन्टन क्लबका दिल कार्की र चन्द्र कुवेर खापुङ्ग, एनवाइसीका चन्द्र श्याम डङ्गोल र जीवन कुमार राई, कैलालीका रामसरण के.सी. र हरि खत्री, नखिपोटका रमेश घले र जगन बहादुर सुनुवार, कास्कीका राजेश गुरुङ्ग र शम्भु कुमार श्रेष्ठ, प्रकास राई र कलयाण कुमार राना, गठ्ठाघर स्पोर्टस्का डेन लामा र राकेश थापा, पर्फेक्ट फिटनेश क्लबका राम प्रकाश प्रधान र सुमन श्रेष्ठ तथा सामाखुसीका प्रेम घले र टिका थापा मगरको जोडी ले अन्तिम १६ मा स्थान पक्का गरे ।

मङ्गलबार ३ माघ २०७९ १२:०३ PM मा प्रकाशित

प्रतिक्रिया