×

कालिञ्चोक दर्शनको आईपीओमा आजदेखि आवेदन दिन सकिने

images

कालिञ्चोक दर्शन लिमिटेडले आज (माघ ३ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। आजबाट सर्वसाधारणका लागि रु १०० अंकित मुल्यको ८ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशन गरेको छ।

कम्पनीले आफ्नो जारी पूँजी रु ६० करोड मध्ये २% अर्थात रु १ करोड २० लाख रकम बराबरको रु १०० अंकित दरको १ लाख २० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र दोलखा जिल्लामा स्थायी बसोबस गर्ने नेपाली नागरिकहरुको लागि निष्काशन गरी बाँडफाँड गरिएको र बाँकी रहेको १८% अर्थात रु १० करोड ८० लाख  रकम बराबरको रु १०० अंकित दरका १० लाख ८० हजार कित्ता शेयरमध्ये १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई (१०%) र ५४ हजार कित्ता (५%) सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको र २१ हजार ६०० कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरुलाई (२%) छुट्ट्याई बाँकी ८ लाख ९६ हजार ४०० कित्ता साधारण शेयरहरु सर्वसाधारणमा सार्वजनिक निष्काशन गरिएको हो।

निष्काशन माध ६ गतेसम्म रहनेछ भने माग बमोजिम आवेदन नआएमा निष्काशन माघ १७ गते बैंकिङ्ग समयसम्म लम्बिने छ।

इच्छुक लगानीकर्ताले न्युनतम १० कित्ता देखी अधिकतम ४ हजार ९९० कित्ताको लागि आवेदन दिन सक्नेछन्। कालिञ्चोक दर्शनको आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि-आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ। यस्तै, कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ।

मङ्गलबार ३ माघ २०७९ ११:४१ AM मा प्रकाशित

प्रतिक्रिया