×

भिरबाट लडेर एक जनाको ज्यान गयो

images

काठमाडौ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ६ स्थित पटुवा चौरमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । सोमबार बिहान साढे ८ बजे घर नजिकै नेप्टा भिरबाट लडेर ६० वर्षका वेदबहादुर बलालको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।


 जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता वीरेन्द्र थापाका अनुसार भिरबाट लडेर मृत अवस्थामा रहेका बलाललाई भेटेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।  

मङ्गलबार ३ माघ २०७९ ०२:०० PM मा प्रकाशित

प्रतिक्रिया