काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान बुधबार बिहान मात्र हुने भएको छ । महासचिवका उम्मेदवार शंकर पोखरेलले मतदान प्रक्रिया बुधबार बिहान ८ बजे सुरु हुने जानकारी दिए ।
मंगलबार बिहान ९ बजेबाट हुने भनिएको मतदान दिउँसो ४ बजेका लागि सरेको थियो । मतदान प्रक्रिया साँझ ८ बजेसम्म पनि सुरु हुन नसकेपछि थप तयारी गरेर भोलिमात्र गर्ने सहमति भएको एमाले केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । आज बिहान १० बजेदेखि नै मतदानको समय तोकिएकोमा विद्युतीय मेसिनमा उम्मेदवारको विवरण प्रविष्टमा प्राविधिक समस्या देखिएको बताइएको छ ।
एमालेको भृकुटीमण्डपमा जारी महाधिवेशनमा नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो। निर्वाचनमा दुई हजार २६३ जना प्रतिनिधिले भाग लिएकाछन् । अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्दै छन ।
उनिहरु प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएकाछन। मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा भएको हो । चुनावी प्रक्रियामा गएर नेतृत्व चुन्ने प्रक्रिाय सुरु भएपछि महाधिवेशन लम्बिएको छ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ ।
प्रतिक्रिया