×
images

रास्वपाका सांसदहरुले सञ्चार माध्यमहरुमा बोल्न नपाइने

काठमाण्डौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदहरुलाई सार्वजनिक रुपमा सञ्चारमाध्यममा  बोल्न प्रतिबन्ध लगाइएको छ।


सांसद पदको सपथ नलिएसम्म सबै सांसदलाई सार्वजनिक सञ्चारमाध्यममा बोल्न पार्टीले प्रतिबन्ध लगाएको छ। अहिले नै पार्टीको आधिकारिक नीति र विचार प्रष्ट नभएको, नयाँ सरकारमा हुने भूमिका पनि नखुलिसकेको अवस्थामा मिडियामा अन्तर्वार्ता वा अन्य भनाइ नराख्न पार्टीले सांसदलाई निर्देशन दिएको हो।


उनीहरू कसैलाई पनि अहिले सार्वजनिक मिडियामार्फत आफ्नो भनाइ नराख्न पार्टीले आन्तरिक बैठकमा भनेको छ।
 

शुक्रबार​ १ पुस २०७९ ०५:४२ PM मा प्रकाशित

प्रतिक्रिया