×

यूएईको जितमा नेपालको फितलो ब्याटिङ

images

काठमाडौं । यूएईले पहिलो वान डेमा सोमबार नेपाललाई ८४ रनले पराजित गरेको छ । नेपालको ब्याटिङ फितलो रहेपछि भ्रमणकारी यूएईले सजिलो ठूलो अन्तरको जित निकालेको हो । यससँगै तीन खेलको शृंखलामा यूएई १–० ले अगाडि रह्यो ।

कीर्तिपुरको टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले सात विकेटमा २ सय ६३ रन बनाएको थियो । त्यसमा रोशन मुस्तफाले सर्वाधिक ५३ रन बनाए । यस्तै प्रारम्भिक ब्याटिङ जोडीमध्ये मोहम्मद वासिमले ४४ र वृत्य अरविन्दले ४० रन बनाए ।

यूएईका लागि लागि तल्लो क्रमका ब्याट्सम्यानले पनि गतिलो योगदान दिए । जवाफमा नेपालले ५० ओभर उपयोग गर्दै नौ विकेट गुमाएर १ सय ७९ रन मात्र बनाउन सक्यो । नेपालका लागि दुई ब्याटरले अर्धशतक पूरा गरेपछि नेपाल कुनै पनि समय लक्ष्यको छेउ पनि पुग्न सकेन् ।

घरेलु टिमका लागि प्रारम्भिक ब्याटर अर्जुन साउदले ५१ र दीपेन्द्रसिंह ऐरीले ५४ रन बनाए । यसै खेलबाट नेपालबाट अर्जुन र हरिशंकर शाहले डेब्यु गरेका छन् ।

बुधबार ३० कात्तिक २०७९ १०:३५ AM मा प्रकाशित

प्रतिक्रिया