×

हुम्लामा प्रदेशका दुई पूर्वमन्त्री प्रतिनिधिसभामा भिड्दै

images

काठमाडौ । हिमाली जिल्ला हुम्लामा प्रतिनिधिसभा सदस्य पदमा प्रदेशका दुई पूर्वमन्त्री प्रतिस्पर्धारत छन् । नेकपा एमालेबाट पूर्व मन्त्री दल रावल र नेकपा माओवादी केन्द्रबाट पूर्व मन्त्री छिरिङ डम्डुल लामा (कार्चेन) बीच प्रतिस्पर्धा हुने देखिन्छ ।

लामालाई गठबन्धनको साथ हुँदा रावललाई संघर्ष गर्नुपर्ने देखिन्छ । हुम्लामा दलभन्दा व्यक्तित्वलाई प्राथमिकता दिने गरिन्छ । जसले गर्दा चुनावी प्रतिस्पर्धा रोचक हुन्छ । लामा समुदायमा बलिया मानिएका छक्कबहादुर लामा एमालेबाट प्रदेशसभा (ख) का उम्मेदवार छन् । कार्चेन पनि कर्णाली सरकारमा ६ महिना मन्त्री भएका थिए ।

कार्चेन गठबन्धनको साथ र मतदातामा आफू लोकप्रिय रहेका कारण चुनाव जित्नेमा विश्वस्त छन् भने रावल जातीय ‘फ्याक्टर’ले काम नगर्ने र आफूले सहज रुपमा चुनाव जित्ने दाबी गर्छन् । स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मतका आधारमा यहाँ माओवादी एक्लैको ६ हजार ४९३ मत छ भने एमालेको ६ हजार १४७ मत छ । यहाँ कांग्रेसको ४ हजार ७६४ र नेकपा एकीकृत समाजवादीको ८८८ मत  छ । गठबन्धनमा रहेका तीन दलको मत जोड्दा १२ हजार १४५ हुन आउँछ ।

बुधबार ३० कात्तिक २०७९ ०२:०७ PM मा प्रकाशित

प्रतिक्रिया