×

पासपोर्ट सूचकांकको टप टेनबाट बाहिरियो अमेरिका: सिंगापुर शिर्ष स्थानमा, नेपालको अझ कमजोर

images

काठमाडौँ । पासपोर्ट र्याङ्किङ जारी गर्ने संस्था हेन्ले एन्ड पार्टनर्सले सन् २०२५ को पासपोर्ट नयाँ सूचकांक जारी गरेको छ ।

सिंगापुरको पासपोर्ट विश्वको सबैभन्दा शक्तिशाली पासपोर्ट बनेको छ । अर्थात् यी देशका नागरिकले बिना अग्रिम भिसा १९३ देशको यात्रा गर्न सक्छन् । यस सूचकांकमा अमेरिका टप १० बाट बाहिरिएर १२औ स्थानमा झरेको छ । यस अघि अमेरिका १०औं स्थानमा थियो । 

यस सूचीमा दक्षिण कोरिया दोस्रो स्थानमा छ भने जापान तेस्रो स्थानमा रहेको छ । दक्षिण कोरियाका नागरिकले १९० देशमा अग्रिम भिसा नलिएर नै यात्रा गर्न सक्छन भने जापानका पासपोर्ट होल्डरले १८९ देशको यात्रा अग्रिम भिसा नलिएर यात्रा गर्न सक्छन । 

त्यसैगरी जर्मनी, इटाली. लक्जेम्बर्ग, स्पेन र स्वीजरल्याण्ड चौथो स्थानमा छन् । यी देशका पासपोर्ट होल्डरले १८८ देशको यात्रा अग्रिम भिसा नलिएर यात्रा गर्न सक्छन । त्यसैगरी अस्ट्रिया, बेल्जियम, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, आयरल्याण्ड, नेदरल्याण्डस, पाँचौं स्थानमा छन् । यी देशका पासपोर्ट होल्डरले १८७ देशको यात्रा अग्रिम भिसा नलिएर यात्रा गर्न सक्छन । त्यस्तै ग्रीस, हंगेरी, न्यूजील्याण्ड, नर्वे, पोर्चुगल र स्विडेन यस सूचीमा छैटौं स्थानमा स्थानमा छन् । यी देशका पासपोर्ट होल्डरले १८६ देशको यात्रा अग्रिम भिसा नलिएर यात्रा गर्न सक्छन । 

त्यस्तै अस्ट्रेलिया, चेक रिपब्लिक, माल्टा र पोल्याण्ड  सातौं  स्थानमा छन् र यी देशका पासपोर्ट होल्डरले १८५ देशको यात्रा अग्रिम भिसा नलिएर यात्रा गर्न सक्छन । त्यसैगरी क्रोसिया, इस्टोनेसिया, स्लोभाकिया, स्लोभेनिया, युएई र बेलायर यस सूचीमा आठौँ स्थानमा छन् र यी देशका पासपोर्ट होल्डरले १८४ देशको यात्रा अग्रिम भिसा नलिएर यात्रा गर्न सक्छन । 

त्यस्तै यस सूचीको नवौं स्थानमा क्यानडा रहेको छ र क्यानडाका पासपोर्ट होल्डरले १८३ देशको यात्रा अग्रिम भिसा नलिएर गर्न सक्छन । त्यस्तै दशौँ स्थानमा लात्भिया र लिक्टेनस्टाइन रहेका छन् यी देशका पासपोर्ट होल्डरले १८२ देशको यात्रा अग्रिम भिसा नलिएर यात्रा गर्न सक्छन । 

त्यस्तै नेपालको पासपोर्ट भने यस सूचीमा १०१औं स्थानमा झरेको छ । यस अघि नेपाल ९५औं स्थानमा रहेको थियो । नेपाली नागरिकले ३६ देशमा बिना अग्रिम भिसा यात्रा गर्न सक्छन् ।  

यस सूचीमा छिमेकी देश भारत ८५औं स्थानमा झरेको छ, जबकी भारत यसअघि ७७औं स्थानमा रहेको थियो । त्यस्तै यसअघि ६०औं स्थानमा रहेको चीन ६४औं स्थानमा झरेको छ । त्यस्तै सार्क देश बंगलादेश १००औ स्थानमा छ भने पाकिस्तान १०३ स्थानमा रहेको छ । यस सूचिको पुछारमा १०६औं  स्थानमा अफगानिस्तान रहेको छ र विश्वको सबैभन्दा कमजोर पासपोर्टको सूचीमा रहेको छ ।

पासपोर्टको वरियता कसरी निर्धारण गरिन्छ ?

यो वरीयता वर्षमा दुई पटक जारी गरिन्छ । हेन्ले पासपोर्ट भिसा इन्डेक्सको वेबसाइट अनुसार रियलटाइम डाटा वर्षभरि अद्यावधिक गरिन्छ । यो सूची जारी गर्दा भिसा नीतिमा गरिएका परिवर्तनहरूलाई पनि ध्यानमा राखिएको छ । तथ्याङ्क अन्तर्राष्ट्रिय यातायात संघबाट लिने गरिन्छ । एक देशको राहदानी धारकले भिसा नलिइकन अन्य कति देशको यात्रा गर्न सक्छन् भन्ने आधारमा यो श्रेणी निर्धारण गरिन्छ । यसका लागि उनले पहिले भिसा लिनु पर्दैन ।

बिहीबार ३० असोज २०८२ १२:३९ PM मा प्रकाशित

प्रतिक्रिया