×

सास्ती दिने सुनार खोला

images


कालीकोटको सदरमुकाम रहेको खाडाचक्र नगरपालिका–२ सुनार खोलाको पहिरोको उचित व्यवस्थापन नहुँदा यात्रुले हैरानी खेप्दै आएका छन् । पहिरोका कारण खोलामाथिको स्थानीयको जग्गा पनि बगेर क्षति भएको छ ।

हल्का पानी पर्दा बित्तिकै सधै अवरुद्ध हुने कर्णाली राजमार्गअन्तर्गतको सुनार खोलामा सवारी रोकिँदासाथ यातायात अवरुद्ध हुने गर्दछ । यातायात अवरुद्ध हुँदा यात्रुलाई सदरमुकाम पुग्न पाँच किलोमिटर पैदलै यात्रा गर्नुपर्ने बाध्यता हुन्छन् । कर्णाली राजमार्गको कालीकोट खण्डमा मात्र दर्जनौँ ठाउँमा पहिरो खस्छ । जिल्लाको सिमाना दहीखोलादेखि गगने खोला, काले खोला, जिते, सुनार खोला, गल्लीलगायतमा वर्षाको समयमा पहिरो खस्ने समस्या छ । सुनार खोला कटेपछि आनन्दको महसुस हुने गरेको चालक रवीन्द विश्वकर्मा बताउनुहुन्छ । 

सुर्खेतदेखि कालीकोट आएका यात्रु कमल भट्टराईले सुनार खोलाको पहिराले सडक अवरुद्ध हुँदा सडकको पेटीमै घण्टौँ बिताएको बताउनुभयो ।

शुक्रबार​ ३१ भदौ २०७९ ०१:३५ PM मा प्रकाशित

प्रतिक्रिया