×

बाढीपहिराे कारण धादिङमा ७५ घर परिवार विस्थापित

images

तीन दिनदेखि लगातार परेको वर्षासैँगै आएको बाढी र पहिरोबाट धादिङका विभिन्न ठाउँमा ७५ घरपरिवार विस्थापित भएका छन् ।

गङ्गाजमुना गाउँपालिका–६ बसेरीमा वर्षाका कारण २४ घरपरिवार विस्थापित भएका छन् । उनीहरूले गएरातिदेखि घर छाडेर अन्यत्र गएका छन्  ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार गङ्गाजमुना–६ बुढाथुममा १४, गङ्गाजमुना–५ फूलखर्कमा १४ घर, वडा नं २ रिमा १३  घरपरिवार विस्थापित भएका जनाइएको छ । विस्थापितका लागि त्रिपाल तथा टेन्टसमेत गाउँमा पुग्न नसकेको स्थानीयकाे गुनासाे छ । 

गङ्गाजमुना गाउँपालिका अध्यक्ष भक्त लामाले विपदमा परेर विस्थापित भएकाहरूको सङ्ख्या धेरै रहेको बताउनु भयाे । कच्ची सडक खन्दा ध्यान नदिएका कारण पहिरो आउँदा धेरै क्षति पुगेको नव निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीले बताउनुभयो ।

भाेलि बस्ने विपद् व्यवस्थापन समितिको बैठकले पहिरो पीडितलाई राहत उपलब्ध गराउने निर्णय गरिने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिनुभयो । 

 

बिहीबार २ असार २०७९ ०३:०७ PM मा प्रकाशित

प्रतिक्रिया