×

चट्याङ लागेर दैलेखमा एकै परिवारका ४ जना घाइते

images


काठमाडौं । दैलेखमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् ।

गएराति करिब साढे १० बजेतिर चट्याङ लाग्दा डुंगेश्वर गाउँपालिका-२ लाँकुरीका २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक

घाइते भएका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ उनीहरु घरभित्रै सुतिरहेका बेला चट्याङ लागेको थियो । घाइते भएकाहरुको दैलेख जिल्ला अस्पतालमा उपचार

भइरहेको छ । उनीहरुलाई गएराति नै एम्बुलेन्समार्फत दैलेख अस्पताल पुर्‍याइएको थियो ।

मङ्गलबार २ जेठ २०८० ०९:२७ AM मा प्रकाशित

प्रतिक्रिया