×

आठ महिनामा ९८ लाख राजस्व

images

वाणिज्य, आपूर्ति तथा उपभोक्त्ता संरक्षण कार्यालय विराटनगरले गएको आठ महिनामा रु.९८ लाख ४८ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले नयाँ फर्म दर्ता एक हजार २१९, नवीकरण एक हजार ५०६, संशोधन ७३३ र १७६ खारेजी गरेको कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षको आठ महिनामा ८७ अनुगमनबाट २५ वटा फर्म कारवाहीमा परी रु.१० लाख  २७ हजार जरिवाना असुल गरेको जानकारी दिनुभयो ।
“सुरक्षित र समावेशी विद्युतीय कारोबारः उपभोक्त्ता अधिकार’ प्रमुख नाराका साथ यसवर्ष विश्व उपभोक्त्ता दिवस पनि मनाइएको छ ।    नागरिक शिक्षा, स्वच्छ व्यापारिक क्रियाकलापमा निजी क्षेत्रको सहयोग वृद्धि र नियामक निकायको निगरानी वृद्धि हुने पर्ने र दरबन्दी अनुसारको कर्मचारी भएमा यस क्षेत्रमा थप सफलता मिल्ने प्रमुख पोखरेलले बताउनुभयो ।
    उहाँले उजुरी र त्यसउपरको कार्यान्वय बढ्दै गएको र पछिल्लो समय उजुरी सम्बन्धी विषयमा नै अनुगमन केन्द्रित भइरहेकाले यस क्षेत्रमा सुधारको सङ्केत देखिएको छ भन्नुभयो । 

बुधबार २ चैत २०७८ ०२:०० PM मा प्रकाशित

प्रतिक्रिया