×

बागमती प्रदेश सर्वदलीय बैठक : फागुन १६ गते प्रदेशसभा बैठक बस्ने

images


बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा आज बसेको सर्वसदीय बैठकले यही फागनु १६ गते अपराह्न १ बजे प्रदेशसभाको नवौँ अधिवेशन बैठक बस्ने निर्णय गरेको छ ।

सोही बैठकको निर्णयअनुसार प्रदेशसभाको बैठकअघि फागुन १५ गते अपराह्न १ बजेको लागि कार्यपरामर्श समितिको बैठक पनि आह्वान गरेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभएको छ । 

उहाँका अनुसार कार्यपरामर्श समितिको बैठकमा प्रदेशसभाको बैठकका लागि कार्यसूचीमा विभिन्न विषय समावेश गर्ने तयारी भइरहेको छ । गठबन्धन सरकारले सिफारिस गरेअनुसार प्रदेशसभाका सभामुख श्रेष्ठले आजै सर्वदलीय बैठकको आह्वान गर्नुभएको थियो ।

सर्वदीय बैठकमा सत्तारूढ गठबन्धन दलका साथै प्रमुख प्रतिपक्ष नेकपा (एमाले) संसदीय दलका नेतालगायत अन्य साना दलको प्रतिनिधित्व रहेको प्रदेशसभाका प्रमुख सचिव खड्काले उल्लेख गर्नुभएको छ ।

बुधबार ४ फागुन २०७८ ०८:४० PM मा प्रकाशित

प्रतिक्रिया