×

बाँकेमा दादुरा सङ्क्रमित १६० जना पुगे

images

काठमाडौं । बाँकेमा गएको २४ घण्टामा थप २८ जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ । यससँगै बाँकेमा दादुरा सङ्क्रमित हुनेको सङ्ख्या १६० पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वाड नं. २६, खजुरा १ र कोहलपुर १ गरी २८ जनामा पुष्टि भएको हो ।


उपमहानगरपालिकाको वडा नं १, २, ३, ४, ५, ७, ९, ११, १५, १६,१८ र  मा एक÷एक जनामा सङ्क्रमण पुष्टि भएका छन् ।  यसैगरी ५० जना बिरामी होमआइसोलेसनमा छन् भने ५० जना उपचाररत छन् । उपमहानगरपालिकाका दुई वटा खोप केन्द्रमा आज दादुरा रुवेलाविरुद्धको खोप दिइने भएको छ । 

Laxmi bank
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठअनुसार वडा नम्बर ३ र १६ को खोप केन्द्रमा दादुराविरुद्धको खोप दिइने भएको छ । खोप ६ महिनादेखि १५ महिनासम्मका बालबालिकालाई बिहान १० बजेदेखि साझ ४ बजेसम्म खोप दिइने उनले बताए ।

सोमबार २ माघ २०७९ ११:४५ AM मा प्रकाशित

प्रतिक्रिया