×

नेपाल मगर संघ शाखा, युएईले राष्ट्रिय पर्व माघ्या सकराटी मनाउने

images

फलेन्द्र बलम्पाकी मगर / युएई संवाददाता 

युएई/  धार्मिक र सांस्कृतिक महत्त्व बोकेको राष्ट्रिय पर्व माघे संक्रान्ती दुबईमा बृहत तरिकाले मनाउने भएको हो । प्रवास मा रहेर पनि आफ्नो मौलिक चाडपर्व , धर्म परम्परा,संस्कार र संस्कृति लाई जगेर्ना गर्ने र नयाँ पुस्तालाई पुस्तान्तरण गर्ने उदेश्यले युएईमा रहेका मगर जातिले हरेक वर्ष माघ्या सकराटी कार्यक्रमको आयोजना गरि मनाउदै आएका छन।

यो पर्व लाई थारु र मैथिली समुदायले पनि बिशेश पर्वको रूपमा मनाउने गर्द्छन भने अन्य समुदायले पनि आ आफ्नै तरिकाले मनाउने गर्दछ। 

हिउँद महिनाको मध्य महिना माघ १ गतेको दिन तिलको लड्डु , वन तरुल, घ्यू ,चाकु, खिचडी ,बटुक सँगुरको मासु इत्यादी परिकार बनाई चेलीबेटी लाई बोलाई खुवाउने चलनचल्तीमा रहेको पाइन्छ । 

२२- जनवरी  दिउँसो १:०० बजे  एभरेस्ट क्लब बर दुबईमा आयोजना हुन गइरहेको कार्यक्रम लाई भव्य र सभ्य बनाउन । नेपाल बाट लोक गायक सन्तु थापा मगर को साथमा डान्सर तथा मोडल अस्मिता राना मगर स्थानीय कलाकार हरु लाई साथ दिन का लागी युएई आउने भएको जानकारी कार्यक्रम संयोजक मनु गाहा मगरले बताए।

साथमा  मगर पञ्चेबाजा, लाङ्घाली संगीत संसार युएई , मगर ब्रदर्स र नेप्लिज डान्स ग्रुप युएईको बेजोड सांगीतिक  प्रस्तुति रहनेछ ।

सोमबार २ माघ २०७९ ०७:१७ PM मा प्रकाशित

प्रतिक्रिया