×

नेपाली राष्ट्रिय क्रिकेट टोलिका प्रशिक्षकले राजीनामा दिएका छन्

images

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् ।पूर्व भारतीय क्रिकेटर प्रभाकर चार महिना अघि मात्रै नेपाली राष्ट्रिय क्रिकेटका मुख्य  प्रशिक्षकको नियुक्ति पाएका थिए । क्यानले प्रशिक्षक प्रभाकरको राजीनामा स्वीकृत भैसकेको बताएको छ ।


लगातारको खराव नतिजा, खेलाडीसँग बिग्रिँदो सम्बन्ध र प्रशिक्षण शैलीमा प्रश्न उठेपछि प्रभाकरसँगको सम्झौता टुंग्यायने पक्षमा क्यान आफैं पुगेको थियो ।


 प्रभाकरको नेपाली टोलिसंग एक वर्षको सम्झौता भएतापनि लगातारको हार, खेलाडीहरुसंगको बिग्रँदो सम्बन्ध र टोलिको खस्कँदो प्रस्तुतिलाई लिएर आलोचना हुनथालेपछि उनले राजीनामा दिएका हुन् ।  साउन अन्तिम साता नेपाल आएका प्रभाकरको मंसिर अन्तीम साता राजीनामा दिएका हुन् ।

बिहीबार २९ मंसिर २०७९ ०४:०४ PM मा प्रकाशित

प्रतिक्रिया