×

मदिरा सेवन गरेर नर्सको कोठामा छिरेपछि…

images

काठमाडौ ।  बैतडीमा मदिरा सेवन गरेर रातिको समयमा नर्समाथि दुव्र्यवहार गर्ने एक जना पक्राउ परेका छन्।


जिल्लाको पाटन नगरपालिका वडा नम्बर ४ का लोकेन्द्रबहादुर महरा पक्राउ परेका हुन्। सोमबार राति ९ बजेको समयमा मदिरा सेवन गरेर नर्सको कोठामा पसेर अभद्र व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ।

पाटन नगरपालिका वडा नम्बर ४ मा रहेको भुवनेश्वर स्वास्थ्य चौकीमा कार्यरत नर्सलाई दुव्र्यवहार गरेको उजुरी परेपछि महरालाई पक्राउ गरीएको प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बिहीबार २९ मंसिर २०७९ ०१:५२ PM मा प्रकाशित

प्रतिक्रिया