×

पूर्व तेक्वान्दो खेलाडी शेर बहादुर सिंहलाई पाँच लाख प्रदान

images

काठमाडौं । तेक्वान्दोका पूर्व राष्ट्रिय खेलाडी शेरबहादुर सिंहलाई राष्ट्रिय खेलाडी कल्याणकारी कोष र राष्ट्रिय खेलकुद परिषद्ले आर्थिक सहयोग प्रदान गरेको छ ।
लामो समयदेखि कलेजो रोगबाट पिडित सिंहलाई कोषले २ लाख र परिषद्ले ३ लाख गरि नगद ५ लाख प्रदान गरेको कोषका सचिव दीपक श्रेष्ठले जानकारी गराएका छन् । 
कोषका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले नेपाल तेक्वान्दाका मुख्य प्रशिक्षक नविन श्रेष्ठलाई ५ लाखको चेक बिहिबार हस्तान्तरण गरे ।

कैलाली जिल्ला निवासी सिंहको दिल्ली स्थित नारायण सुपरस्पेसियलिस्ट अस्पतालमा कलेजो प्रत्यारोपणका लागि उपचार भईरहेको छ । उनलाई क्रोनिक लिभर सिरोसिस भएको चिकित्सकले जानकारी गराएका छन् ।

बिहीबार २९ मंसिर २०७९ ०५:५७ PM मा प्रकाशित

प्रतिक्रिया