×

रबिमा किन छैन मतदातामा उत्साह ?

images

स्थानीय तह निर्वाचन होस् या संघीय निर्वाचन; चर्चामा रहिरहने जिल्ला हो चितवन । ‘हेवीवेट’ नेताको चुनावी क्षेत्र र त्यसमाथि विगतमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसमेत जोडिएकाले यो क्षेत्र चर्चामा रहँदै आएको छ ।

आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड फेरि चितवन–३ बाट लड्ने बताइएकै बेला उनी एकाएक गोरखा–२ मा सरे ।  तर, चितवनको चुनावी नतिजालाई लिएर चौतर्फी कौतुहलता कायमै छ । 

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, राप्रपा नेता विक्रम पाण्डेदेखि कांग्रेस नेता तथा राज्यमन्त्री उमेश श्रेष्ठ र अन्य स्वतन्त्र उम्मेदवार कारण कसको पक्षमा नतिजा आउला भनेर चासो बढेको हो । दलहरुले आफ्नो पक्षमा नतिजा ल्याउन प्रचारप्रसारलाई तीव्रता दिइरहेकै बेला चितवनका मतदाता स्वयम् भने त्यति उत्साहित देखिँदैनन् । 

राजनीतिक दलमा आवद्ध भएकाहरु चुनाव प्रचारमा उम्मेदवारहरुसँगै निस्किए पनि आम मतदाता भने निर्वाचनप्रति खासै उत्साहित नभएको पाइएको हो । विगतमा कयौं निर्वाचन देखिसकेको बताउने उनीहरु ती निर्वाचनहरु औपचारिकतामा मात्र सीमित भएको बताउँछन् । आफूहरुको समस्या बुझिदिने र समाधानका लागि पहल गरिदिने नेता नभएको उनीहरुको गुनासो छ ।

मङ्गलबार २९ कात्तिक २०७९ ०३:५० PM मा प्रकाशित

प्रतिक्रिया