×

सुर्खेतको मेहलकुनामा बाम गठबन्धन टुट्यो

images

 काठमाडौ ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन शान्ति सम्झौताकै निरन्तरता भएको बताएका छन् । देशमा राजनीतिक परिवर्तन अनुकूल आर्थिक सम्बृद्धि नभएसम्म गठबन्धन कायम रहने उनले बताएका हुन् । 

आज सुर्खेतको मेहलकुनामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने,‘ हाम्रो संकल्प १५ वर्षसम्म गठबन्धन कायम राखेर लैजाने छ ।’ प्रचण्डले परिवर्तनको रक्षाका लागि यो गठबन्धन भएको बताए । उनले संविधानको रक्षा र शान्ति प्रक्रियाका बाँकी काम र सम्बृद्धिको लागि गठबन्धनको आवश्यक रहेको पनि बताए ।

उनले भने,‘ गठबन्धन १५ वर्ष जाने छ र देशमा शान्तिको नयाँ युगको सुरुवात हुने छ ।’ यस्तै उनले वामपन्थीको गोलभित्र अहङ्कारी केपी ओलीको उदयले बाम गठबन्धन टुटेको बताए । उनले अब ओलीसँग सहकार्य नहुने उल्लेख गरे ।  

मङ्गलबार २९ कात्तिक २०७९ ०४:४२ PM मा प्रकाशित

प्रतिक्रिया