×

एमाले नेताले मागे दीपक बोहरालाई भोट

images

नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा राष्ट्रियसभाका पूर्व सदस्य खिमलाल भट्टराईले दीपक बोहरालाई भोट मागेका छन् ।   एमाले सिद्धार्थनगर नगर कमिटीले मंगलबार भैरहवामा आयोजन गरेको कार्यकर्ता भेलामा नेता भट्टराईले भैरहवाको लागि बोहरा धर्ती पुत्र भएको भन्दै उनका लागि भोट मागेका हुन् । 

मुलुकको विकासका लागि तीन दलीय तालमेल भएको भन्दै राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरालाई जिताउन उनले आग्रह गरे । उनले भने, ‘केपी ओली जस्तै हो उमेरले जति भए पनि उहाँको सक्रियतामा कुनै कमी छैन । उनले एमाले नेतृत्वमा भएका विकास निर्माण कार्यहरू नेपाली कांग्रेसका नेताहरूले उद्घाटन गरेको पनि बताए । उनले   गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनीमा निर्माण भएको सभाहल एमाले सरकारले बनाएको बताए ।  

कार्यक्रममा पूर्व गृहमन्त्री तथा राप्रपाका केन्द्रीय सल्लाहकार समितिका संयोजक निरञ्जन थापाले सरकारले निष्पक्ष निर्वाचन गराउँछ कि गराउँदैन भन्ने शंका उत्पन्न भएको बताए । थापाले  नेपालीले तिरेको करबाट सरकार चल्ने भएकाले उम्मेदवारले  पदको दुरुपयोग गर्न नहुने उल्लेख गरे ।

मङ्गलबार २९ कात्तिक २०७९ ०३:२१ PM मा प्रकाशित

प्रतिक्रिया