×

सुनको मुल्य आजपनि बढ्यो, चाँदीको घट्यो

images

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको ४ सयले बढेर तोलाको २ लाख ४८ हजार ९ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि मंगलबार सुन तोलाको २ लाख ४८ हजार ५०० मा कारोबार भएको थियो ।  

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ८५ रुपैयाँले घटेर ३२४० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ३३२५  मा कारोबार भएको थियो ।

बुधबार २९ असोज २०८२ १२:०९ PM मा प्रकाशित

प्रतिक्रिया