×

भदौमा विद्यालय नाटक महोत्सव

images

विराटनगर । आरोहण–गुरुकुल विराटनगरको आयोजनामा भदौ २२ देखि ३१ गतेसम्म विराटनगर विद्यालय नाटक महोत्सव आयोजना हुने भएको छ ।

हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने महोत्सवमा दशवटा नाटक मञ्चन हुनेछन् । विराटनगर तथा आसपासका ९ विद्यालयका ९ नाटक तथा आयोजकको एउटा नाटक मञ्चन गरिने अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए। 


पाठ्यक्रममा समावेश वा शिक्षक÷विद्यार्थीले लेखेका एक घण्टा अवधिका नाटक शिक्षक-विद्यार्थीले नै निर्देशन गरेर महोत्सवमा मञ्चन गरिनेछ।

 

इच्छुक विद्यालयले आगामी भदौ ५ गतेसम्ममा आरोहणसँग सम्पर्क गर्नुपर्नेछ वा आरोहणले उसको वेभसाइट अथवा सामाजिक सञ्जालमा उपलब्ध गराएको फारम भरेर विद्यालयले सहभागिताका लागि आवेदन दिन सक्नेछन् । 

सोमबार ३० साउन २०७९ ०४:०२ PM मा प्रकाशित

प्रतिक्रिया