नेपाल भलिबल संघले आकस्मिक पूर्ण बैठक बोलाएको छ । महासचिव जितेन्द्रबहादुर चन्दले सुचना जारी गर्दै संघको आकस्मिक पूर्ण बैठक बोलाएका हुन् ।
सुचना अनुसार संघको पूर्ण बैठक मंगलबार भोलि दिउँसो १ बजे काठमाडौंमा बस्ने जनाइएको छ । संघको साउन ५ गते पछिल्लो पटक पूर्ण बैठक बसेको थियो ।
बैठकले संघको केन्द्रिय निर्वाचन भदौ २२ गते काठमाडौंमा गर्ने निर्णय गरेको थियो । संघका एक पदाधिकारीका अनुसार राखेपले दिएको सुझावका आधारमा विधान संशोधन गर्ने विषयमा छलफल गर्न पूर्ण बैठक बोलाईएको हो ।
प्रतिक्रिया