×

विश्वकप महिला टी–२० को एसिया छनोटमा नेपालको दोस्रो जित

images

काठमाडौं । विश्वकप महिला टी–२० को एसिया छनोटमा नेपालले बिहीबार दोस्रो जित हात पारेको छ । थाइल्यान्डमा बिहीबार भएको खेलमा नेपालले बहराइनलाई पराजित गरेको हो । समूह सी मा रहेको नेपालले बहराइनलाई दुवैपटक पराजित गरेको हो ।

बहराइनले १३औं ओभरमा ३ विकेट गुमाएर ७६ रन बनाएको अवस्थमा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि डीएलएसअनुसार नेपाले ७ ओभरमा ५६ रनको लक्ष्य पायो । जसमा नेपालले ६ विकेटको जित हात पारेको हो । कप्तान इन्दु बर्माले विस्फोटक ब्याटिङ गरी नेपाललाई दोस्रो जित दिलाइन् । बर्माले ७ बलमा नटआउट २४ रन बनाइन् । यस्तै पुजा महतोले ११ बलमा १३ रन बनाउँदा सम्झना खड्काले पाँच बलमा पाँच रनको योगदान दिइन् ।

बिहीबार २ जेठ २०८२ ०९:१७ PM मा प्रकाशित

प्रतिक्रिया