×

यू–१९ राष्ट्रिय क्रिकेटः सुदूरपश्चिमको टोली घोषणा

images

बैतडी : मुख्यमन्त्री कप १९ वर्षमुनिको राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । 

 सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टका अनुसार प्रतियोगिताका लागि १४ सदस्यीय टोली घोषणा गरिएको हो । टोलीमा स्नेहा महरा, मनिषा चौधरी, अन्नु कडायत, जानकी थापा, सुधा धामी, पवित्रा धामी, यशु पाण्डेय, यशोदा विष्ट, मनिषा बोहरा, सीमा कुँवर, आयुष्मा धानुक, रमा बुढाथोकी, अनिता जोशी र राधिका पुजारा रहेका छन् ।  

यस्तै लक्ष्मी महर, कषिश पाल, चेतना कुँवर र मनिषा बोहरा वैकल्पिक खेलाडीको रुपमा छनोट भएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले जनाएको छ । बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा १४ जनाको टोली घोषणा गरिएको सुदूरपश्चिम क्रिकेट प्रशिक्षक जानकी कुमारी भट्टले बताउनुभयो ।  

नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रदेशको सहयोगमा यही चैत ६ गतेदेखि धनगढीमा १९ वर्षमुनिको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता हुदैँछ । १९ वर्षमुनिको मुख्यमन्त्री कप महिला क्रिकेट प्रतियोगिता पहिलो पटक आयोजना गरिएको हो । धनगढीको फाप्ता क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा मुलुकको सातै प्रदेशको सहभागिता रहनेछ । उद्घाटन खेलमा सुदूरपश्चिम र कर्णालीबीच प्रतिस्पर्धा हुने छ ।


प्रतियोगिताले महिला क्रिकेट खेलाडी उत्पादन र विकासमा सहयोग पुग्ने नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो ।  

मङ्गलबार १ चैत २०७८ ०५:३७ PM मा प्रकाशित

प्रतिक्रिया