×

युरोपको हतियार आयात १९५ बढ्यो, अमेरिकाको बजार हिस्सा ३९५ पुग्यो

images

काठमाडौं :  विश्वभर हतियारको कारोबारमा केही संकुचन आएपछि युरोपको आयात भने बढेको छ । ‘स्टकहोम इन्टरनेसनल पीस रिसर्ज इन्टिच्युट’ सिप्री को अध्ययन अनुसार सन् २०१७ देखि २०२१ सम्म विश्वभर हतियारको कारोबारमा ४।६५ गिरावट आएको छ । यद्दपि, यसअवधिमा युरोपको आयात भने १९५ ले बढेको हो । युरोपका बेलायत, नर्वे र नेदरल्यान्ड सबैभन्दा ठूला आयातकर्ता रहेका छन् । 
 
यता, विश्वको सबैभन्दा ठूलो हतियार बिक्रेता अमेरिकाको विश्व बजार हिस्सा ३२५ बाट बढेर ३९५ पुगेको छ । विगत ५ वर्षको अवधिमा अमेरिकाको हतियार निर्यात पनि १४५ ले बढेको छ । हतियारको व्यापारमा रुस दोस्रो स्थानमा रहेको छ । विश्व बजारमा यसको हिस्सा १९५ रहेको छ । यद्दपि, यसको निर्यात भने विगत ५ वर्षमा २६५ ले घटेको छ । 
 
भारत र भियतनामले रुसी हतियार आयातमा कमी गरेपछि रुसको निर्यात खस्किएको सिप्रीले जनाएको छ । यस्तै, विश्वको तेस्रो ठूलो हतियार निर्यातकर्ता फ्रान्सको बिक्री ५ वर्षको अवधिमा ६०५ ले बढेको छ । चौथो स्थानमा रहेको चीन र पाचौं स्थनमा रहेको जर्मनीको बिक्री पनि क्रमशः ३१५ र १९५ ले घटेको छ ।

मङ्गलबार १ चैत २०७८ ०५:२० PM मा प्रकाशित

प्रतिक्रिया