×

क्रिप्टो र हाइपरफन्डका कारोबारीबारे सूचना दिन सीआईबीको आग्रह

images

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) अनलाइनमार्फत अवैध कारोबार गर्नेहरूको जानकारी दिन आग्रह गरेको छ ।

सीआईबीले सार्वजनिक सूचनामार्फत अवैध कारोबारीबारे कसैलाई जानकारी भए खबर गर्न आग्रह गरेको हो । क्रिप्टोकरेन्सी, भर्चुअल मनीजस्ता अवैध कारोबारीलाई कारबाही गर्ने सीआईबीले जनाएको छ ।

क्रिप्टो तथा भर्चुअल नेटवर्किङ कारोबार गर्ने बढ्न थालेपछि अर्थमन्त्रालयदेखि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणको काम थालेका छन् । यस्ता अवैध कारोबार नियन्त्रण गर्न अर्थमन्त्री जनार्दन शर्माले पनि चासो दिइरहेका छन् ।

राष्ट्र बैंकले १ ७ लाखभन्दा धेरै कारोबार गर्नेहरुको विवारण बैंकहरुसँग मागेको थियो ।

 

मङ्गलबार ३ फागुन २०७८ ०३:१० PM मा प्रकाशित

प्रतिक्रिया