काठमाडौँ । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जूनियरले देशका धेरै शक्तिशाली राजनीतिज्ञ र धनी व्यक्तिहरू क्रिसमससम्ममा जेल पर्ने बताएका छन् ।
फर्डिनान्ड मार्कोस जूनियरले बाढी नियन्त्रण परियोजनाहरूसँग सम्बन्धित घोटालाका कारण कम्तिमा ३७ शक्तिशाली सांसदहरू, कांग्रेसका सदस्यहरू र धनी व्यवसायीहरूलाई क्रिसमससम्ममा जेल हालिने दाबि गरेका हुन् । उनले यो बयान जनताको आक्रोश र सडक विरोधलाई शान्त पार्ने प्रयासमा दिएका हुन् । मार्कोस जूनियरले गठन गरेको स्वतन्त्र आयोगले ३७ संदिग्धहरूविरुद्ध फौजदारी मुद्दा दायर गरेको छ ।
यी मुद्दाहरू घूसखोरी, भ्रष्टाचार र लुटपाट जस्ता गैर-जमानती अपराधहरूका लागि दायर गरिएको छ । उनले ८६ निर्माण कम्पनीका कार्यकारीहरू र नौ सरकारी अधिकारीहरू विरुद्ध पनि फौजदारी मुद्दा दायर गरिएको छ । उनीहरूमाथि कर छली मार्फत लगभग १५२ मिलियन अमेरिकी डलर हिनामिना गरेको आरोप छ ।
राष्ट्रपति मार्कोस जूनियरले भने- 'मलाई थाहा छ, क्रिसमसअघि, उनीहरू विरुद्ध विचाराधीन मुद्दाहरू रहेका सबैलाई समाप्त गरिनेछ र उनीहरूलाई जेल हालिनेछ। हामी देखाउनको लागि मुद्दा दायर गर्दैनौं । हामी मानिसहरूलाई जेल हाल्न मुद्दा दायर गर्छौं ।'
उनले सरकारको सम्पत्ति शुद्धीकरण विरोधी परिषद्ले भ्रष्टाचारको आरोप लागेकाहरूबाट १६७१ बैंक खाता, १४४ सम्पत्ति, २४४ सवारी साधन र १०७ मिलियन अमेरिकी डलर बराबरको अन्य सम्पत्ति जफत गर्ने सात आदेश जारी गरेको बताएका चाहन । उनले कोही पनि अनुसन्धानबाट उम्कन नपाउने र कसैलाई पनि छुट नदिने बताए ।
देशभरि भ्रष्टाचारको दोष कमजोर, दोषपूर्ण वा अवस्थित नभएको बाढी नियन्त्रण परियोजनाहरूमा लगाइएको छ । फिलिपिन्समा आँधी र त्यसपछि आउने बाढी संवेदनशील मुद्दा हो, साथै फिलिपिन्स घातक आँधीबेहरी, बाढी र चरम मौसमबाट सबैभन्दा बढी प्रभावित एसियाली देशहरू मध्ये एक हो ।
गत हप्ताको कालमेगी आँधीले फिलिपिन्समा कम्तिमा २३२ जनाको ज्यान लियो, जसमध्ये धेरैजसो बाढीको शिकार भएका थिए । देशको मध्य भागमा १२५ जना अझै बेपत्ता छन् । त्यसको केही दिनपछि, फङ-वोङ आँधीले उत्तरी फिलिपिन्समा विनाश मच्चायो, २७ जनाको मृत्यु भयो । फङ-वङ आँधीका कारण आएको बाढी र पहिरोले लाखौं मानिसहरूलाई असर गरेको छ भने दुई जना बेपत्ता भएका छन् ।
प्रतिक्रिया