काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनपछि पहिलो पटक सार्बजनिक भएका छन ।
देउवा मंगलबार काँगेसको केन्द्रीय समितिको बैठकमा भाग लिन सानेपास्थित केन्द्रीय कार्यालय पुगेका हुन् । देउवासँगै उनकी पत्नी डा. आरजु राणा देउवापनि पार्टी कार्यालय पुगेकी छन् ।
गत भदौ २४ गते बुढानिलकण्ठस्थित आफ्नै निवासमा आन्दोलनकारीको आक्रमणमा परेका देउवा उपचारपछि पहिलो पटक आज सार्बजनिक भएका हुन् ।
देउवाले आजको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गरेर बाहिरिने बताएको छ । देउवाले पार्टीको सभापतिको कार्यभार उपसभापति पूर्णबहादुर खड्कालाई दिने तयारी गरेको बताइएको छ ।
प्रतिक्रिया