×

काँग्रेसको जिल्ला अधिवेशनको मैझारो : ७७ मध्ये ४३ जिल्लाको नेतृत्वमा देउवा पक्ष

images

काठमाडौं । नेपाली काँग्रेसले १४ औं महाधिवेशन अन्तर्गत ७७ वटै जिल्लामा नयाँ नेतृत्व पाएको छ । केन्द्रीय महाधिवेशनअघि ६१ जिल्ला अधिवेशन गरेको काँग्रेसले महाधिवेशनपछि १६ जिल्ला अधिवेशन पनि सम्पन्न गरेको हो ।

आइतबार साँझ सर्लाही र सिन्धुपाल्चोकमा नयाँ नेतृत्व चयन भएसँगै काँग्रेसले जिल्ला अधिवेशनको मैझारो गरेको छ । दोस्रो पटक काँग्रेसको सभापति चुनिएका शेरबहादुर देउवाले जिल्लामा पनि आफ्नो पकड बढाएका छन् । ७७ मध्ये ४३ जिल्लामा देउवा पक्षले नेतृत्वको जिम्मेवारी पाएको छ । महाधिवेशनमा देउवासँग पराजित शेखर कोइरालाको पक्षले २८ जिल्लामा नेतृत्व हासिल गरेको छ ।

यस्तै नेता कृष्णप्रसाद सिटौला समूहले २ र विमलेन्द्र निधि पक्षले १ जिल्लाको नेतृत्व लिएको छ । पूर्वमहान्त्रीद्वय प्रकाशमान सिंह निकट एक र शशांक कोइराला निकट २ जना जिल्ला सभापति छन् । प्रदेशगत रुपमा प्रदेश १, मधेस प्रदेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम सभापति देउवा पक्षको वर्चश्व छ । लुम्बिनीमा नेता शेखर कोइराला पक्षको उपस्थिति बलियो छ ।

शेखर कोइराला पक्षको आधार क्षेत्र मानिएको प्रदेश १ र गण्डकी प्रदेश अन्तर्गतका जिल्लामा देउवा पक्षले जबरजस्त उपस्थिति जनाएको छ ।

१३ औं महाधिवेशनमा देउवा पक्षले मधेस प्रदेशमा ‘क्लिन स्वीप’ पारे पनि यसपटक दुई जिल्ला सभापति गुमाएको छ । धनुषामा विमलेन्द्र निधि पक्षका योगेन्द्र पजियार देउवा पक्षका उम्मेदवारलाई पराजित गर्दै सभापति बनेका छन् ।

 

यस्तै शेखर पक्षले पनि मधेस प्रदेशमा इन्ट्री मारेको छ । शेखर पक्षका रामदेव साहले सप्तरीमा देउवा पक्षका उम्मेदवारलाई पराजित गर्दै जिल्ला सभापति चुनिए । यद्यपि निधिको विद्रोहका बीच देउवा पक्षले ६ वटा जिल्ला सभापति जितेर मधेस प्रदेशमा वर्चश्व कायम राखेको छ ।

काँग्रेसमा जिल्ला नेतृत्व चयन हुँदा अन्तरगुट प्रतिस्पर्धा मात्र भएको छैन, गुटभित्रै पनि कडा प्रतिस्पर्धा भएको छ । देउवा र शेखर पक्षबीच स्वाभाविक प्रतिस्पर्धा थियो भने केही जिल्लामा देउवा पक्षमै आन्तरिक प्रतिस्पर्धा र शेखर पक्षमै पनि आन्तरिक प्रतिस्पर्धा भएको थियो । आफ्नै समूहमा भएको लडाइँले केही जिल्लामा अर्को पक्षलाई फाइदा भएको थियो ।

१३ औं महाधिवेशनको भन्दा यसपटक देउवा पक्षले करिब २० जिल्लामा आफू पक्षीय नेतृत्व स्थापित गरेको छ । विगतको संस्थापन इतर पक्ष तितरवितर हुँदा पनि शेखर पक्ष विकल्पका रुपमा उदाएको छ । महाधिवेशनपछि अधिवेशन भएको सबै जिल्लामा शेखर पक्षले प्रतिस्पर्धा गरेको थियो । चितवन, बाँके, सिन्धुली र सप्तरीमा देउवा पक्षलाई पराजित गरेर नेतृत्व लिन शेखर पक्ष सफल भएको छ । महाधिवेशनअघि वरिष्ठ नेता रामचन्द्र पौडेलको आडमा निर्वाचित दुई दर्जन जिल्ला सभापति शेखर कोइराला पक्षमा उभिएका छन् ।

देउवा पक्ष – प्रदेश १

१. गजेन्द्र तुम्याहाङ – ताप्लेजुङ

२. रूपनारायण जबेगु – पाँचथर

३. तेजेन्द्र खनाल– ओखलढुङ्गा

४. डम्बर खड्का – इलाम

५. हिमाल कार्की  –  उदयपुर

६. दिनेश राई – धनकुटा

७. नाम्गेल जाङ्बु शेर्पा – सोलुखुम्बु

शेखर पक्ष – प्रदेश १

१.अर्जुनबहादुर तुम्बाहाम्फे – तेह्रथुम

२. विष्णु राई – खोटाङ

३. विनोद बान्तवा – भोजपुर

४. डिगबहादुर लिम्बू  –  मोरङ

५. केदार भण्डारी – सुनसरी

शशांक कोइराला पक्ष –प्रदेश १

१. दीपक खड्का– संखुवासभा

सिटौला पक्ष  – प्रदेश १

१. देउकुमार थेबे – झापा

देउवा पक्ष – मधेस प्रदेश

१. जनार्दनसिंह क्षेत्री – पर्सा

२. सुरेन्द्रप्रसाद सिंह – सर्लाही

३. सुनिलकुमार यादव – रौतहट

४. राजेश राय यादव – बारा

५. रामचन्द्र यादव – सिरहा

६. नागेश्वर यादव– महोत्तरी

विमलेन्द्र निधि पक्ष– मधेस प्रदेश

१. योगेन्द्र पजियार – धनुषा

शेखर पक्ष – मधेस प्रदेश

१. रामदेव साह– सप्तरी

देउवा पक्ष– बागमती प्रदेश

१. कान्छाराम तामाङ – रामेछाप

२. तीर्थ लामा – काभ्रेपलान्चोक

३. दुर्लभ थापा – भक्तपुर

४. जितेन्द्र श्रेष्ठ – ललितपुर

५. पेम्बाछिरिङ तामाङ – रसुवा

६. बुद्ध लामा – मकवानपुर

७. जंगबहादुर तामाङ – सिन्धुपाल्चोक

शेखर पक्ष – बागमती प्रदेश

१. रमेश महत – नुवाकोट

२. बर्मा लामा – दोलखा

३. रामनाथ अधिकारी –  धादिङ

४. राजेश्वर खनाल – चितवन

५. उपेन्द्र पोखरेल – सिन्धुली

प्रकाशमान सिंह – बागमती प्रदेश

१. कृष्ण बानियाँ (सबुज) – काठमाडौं

देउवा पक्ष – गण्डकी प्रदेश

१. किशोरदत्त बराल – कास्की

२. शङ्कर गुरुङ – मनाङ

३. खमवी गर्बुजा – म्याग्दी

४. डा. टकराज गुरुङ – लमजुङ

५. युवराज जोशी – पर्वत

६ .जीतप्रकाश आले – तनहुँ

शेखर पक्ष – गण्डकी प्रदेश

१. नन्दप्रसाद न्यौपाने – गोरखा

२. राजु थापा – स्याङ्जा

३. रोमी गौचन थकाली – मुस्ताङ

शशांक पक्ष– गण्डकी प्रदेश

१. महेन्द्रध्वज जिसी – नवलपुर

सिटौला पक्ष –  गण्डकी प्रदेश

१. जित शेरचन – बाग्लुङ

देउवा पक्ष – लुम्बिनी प्रदेश

१. रामकृष्ण खाँण – रुपन्देही

२. केशरमान रोका – रुकुमपूर्व

३. रुण प्रकाश सिंह राठौर – बर्दिया

शेखर पक्ष – लुम्बिनी प्रदेश

१. हिमालदत्त श्रेष्ठ –पाल्पा

२. किशोर आचार्य – रोल्पा

३. विष्णुकुमार गिरी – प्युठान

४. केशव श्रेष्ठ – अर्घाखाँची

५. शङ्कर डाँगी – दाङ

६. अब्दुल कलाम – कपिलबस्तु

७. खिलध्वजपन्थी –  गुल्मी

८. अर्जुनकुमार पोखरेल – नवलपरासी पश्चिम

९. नारायण गौडेल – बाँके

देउवा पक्ष – कर्णाली प्रदेश

१. मोहनविक्रम सिंह – हुम्ला

२. प्रेमप्रकाश ओली – रुकुम पश्चिम

३. वेदराज सिंह – जाजरकोट

४. ऐनबहादुर शाही – मुगु

५. केशबहादुर विष्ट – सल्यान

६. खड्क पोखरेल – सुर्खेत

७. दीपेन्द्रबहादुर शाही – डोल्पा

८. कर्णबहादुर शाही – जुम्ला

शेखर पक्ष – कर्णाली प्रदेश

१.अम्मबहादुर शाही – कालिकोट

२. मणिराम रेग्मी – दैलेख

देउवा पक्ष – सुदूरपश्चिम प्रदेश

१. भीमबहादुर साउद – डडेलधुरा

२. खड्क बोहरा – बझाङ

३. नरेन्द्रबहादुर सिंह – डोटी

४. पदम बोगटी – कञ्चनपुर

५. पुष्पबहादुर शाह – अछाम

६. नारायणदत्त भट्ट – कैलाली

शेखर पक्ष– सुदूरपश्चिम प्रदेश

१. रामसिंह रावल – बाजुरा

२.चतुरबहादुर चन्द – बैतडी

३. ललितसिंह बोहरा – दार्चुला 

 

सोमबार ३० फागुन २०७८ ०५:१३ PM मा प्रकाशित

प्रतिक्रिया