काठमाडौँ । जनार्दन शर्मा ‘प्रभाकर’ ले अगुवा गरेको ‘प्रगतिशील राष्ट्रिय अभियान’ नेपालको राजनीतिक आधारभूत पुनःसंरचना गर्नुपर्ने बताएको छ । अभियानले विहीबार पत्रकार सम्मेलन आयोजना गरेर जेनजी विद्रोहपछि नेपालका पुराना पार्टीहरु विघटित अवस्थामा पुगेको बताउँदै अब नेपालको समग्र राजनीतिक आधारभूत पुनःसंरचना गर्नुपर्ने बताएको छ ।
पत्रकार सम्मेलनमा अभियानका नेता सुदन किरातीले युवाहरुको आन्दोलनको समयमा हेलिकोप्टर चढेर भागेका र सैनिक ब्यारेकमा लुक्न बाध्य भएका असफल अहंकारी नेताहरु रुपान्तरण कुनै संकेत नभएको बताए । उनले अबको चुनावमा जनताले जवाफ दिने बताए ।
‘समग्र राजनीतिमा भएका समस्यालाई पहिचान गर्दै, तिनिहरुको आमुल पुनर्संरचना गर्दै, नेपालका दिर्घकालिन र अल्पकालिन सबै समस्या समाधान गर्ने जनताको भावनाको जगमा टेकेको प्रगतिशील राजनीतिक शक्ति निर्माणमा एकजुट हुन आग्रह गर्दछौं’ किरातीले भने । उनले भ्रष्टाचार र बेथितिको दलदलमा सफाई देशलाई यो अवस्थामा पुर्याउने सफल, नैतिकताहिन र अहंककारी नेताहरुालई अगामी निर्वाचनबाट जरैदेखि उखेलेर फाल्न आह्वान समेत गरे ।
नेता किरातीले आफूहरुले माओवादी केन्द्रभित्र लोकतान्त्रिक मूल्य स्थापित गर्न, पार्टीभित्र पारदर्शिता कायम गर्न, सम्पत्ति छानबिन गर्न र देशको समग्र अर्थतन्त्रको पुनर्संरचना लागि पहल गरेको तर नेतृत्वले बेवास्ता गरेको बताए । किरातीले भने, ‘हामीले माओवादी पार्टी भित्र ३ वर्ष देखि लोकतान्त्रिक मुल्य स्थापित गर्न, पार्टी भित्र पारदर्शिता कायम गर्न, सम्पत्ति छानबिन गर्न, देशको समग्र अर्थतन्त्रको पुनर्संरचनाको पहल गर्न, जनजीवीका प्रश्नहरुको समाधान गर्नका र पहल लिनका लागी तथा रुपान्तरण सहित नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्ने बहस सघन रुपमा उठाएका थियौं। ती एजेन्डाहरुलाई बेवास्ता गर्दै, केन्द्रिय समितिले पटकपटक महाधिवेशनको मिति तोकेर पनि त्यसको बेवास्ता गर्ने काम भयो। स्थापित पार्टी र आन्दोलनलाई लोकतान्त्रिकरण गराउने, जवाफदेही बनाउने तथा बिधिमा संचालन गर्ने हाम्रो प्रयत्नलाई असफल बनाउने काम भयो ।’
अभियानले ७ बुँदे अपील सेमत गरेको छ ।
जसमा भ्रष्टाचार, विभेद र असमानताको रुपमा रहेका नेपाली समाजको मुख्य शत्रुमाथि विजय हासिल गरौं, सांस्कृतिक समतामा आधारित समाज निर्माण गरौं, नेपाली राजनीतिको आधारभुत पुनःसंरचना गरौं, सबै अग्रगामी आन्दोलनका सहिद, घाइते र वेपत्ता योद्धाहरुको सपना पूरा गरौं, जुनसुकै मूल्यमा निर्वाचनलाई सफल पारौं, जनताको एकताको वलमा अहङ्कारी र असफलहरुलाई विदा गरौं, देशभित्र र वाहिर जहाँसुकै रहेका नेपालीहरुले सबै तहमा प्रगतिशील राष्ट्रिय अभियान सम्पर्क समिति गठन गरौं र जेनजी विद्रोहबाट स्थापित मुद्दाहरुलाई यथाशीघ्र सम्बोधन गर्न गराउन चौतर्फी सक्रिय बनौं लगायत रहेका छन् ।
अभियानले ३१ सदस्यीय केन्द्रीय संजोजन समिति गठन समेत गरेको छ । जसमा सुदन किराँती, टेकेन्द्र भट्ट, नारायणी शर्मा, मदन भट्टराई, मदन लिम्बु, सम्झना राई, पुजन सिंह, अरविन्द यादव, लक्ष्मि पुरुङ, प्रकाशचन्द पाण्डे, राजु आलेमगर, सन्तोष विष्ट, प्रेम बहादुर तामाङ, यज्ञबल्लभ शर्मा, क्षितिज सापकोटा, बाबुराम नेपाली, किस्मत कुमार बिक, सन्दिप पुन, गेहेन्द्र ढकाल, भिमबहादुर मल्ल, गोरख बहादुर केसी, जटिल कार्की, देविराम देवकोटा, जन्मदेव जैसी, दिपक साउद, पुष्प न्यौपाने, डा. अच्युत भट्ट, बिमला सिंह, निर्मला गौतम, रामहरि पुडासैनी र धर्मराज खतिवडा रहेको छ ।
प्रतिक्रिया