×

बसको सिट    

images

 बसको सिटको कुनामा मसंगै एक युवती अलि आपति जनक भेष भूसामा बसेको जस्तो लागेर म केगरौ भन्ने दोधारमा थिए । कन्डक्टर लाइ बोलाएर अर्को खाली सिटमा पो बस्न जाने हो कि भन्ने सोचमा भए पनि मन दरो पारेर त्यहि बस्ने निधो गरे र बस स्वयम्भूबाट घुम्किन लाग्यो । ठाउँ ठाउमा बस रोक्दै यात्रु चडाउदै जादा उसले मलाई कति  बज्यो अङ्कल भनेर सोधे पछि युवती बोलक्कड नै रहिछ भन्ने ठाने । तपाइँ कहाँ जानु हुन्छ भन्ने अर्को सोधाई ले धरान भन्न कर नै लाग्यो र मैले पनि त्यस्तै प्रश्नमा उ झुम्काकी यात्री रहेछिन भन्ने जानकारी भएपछि चिनाजानी फराकिलो हुदै गयो ।

युवतीको पोशाकले कहिले काही यस्तो यात्रामा किन यस्तो लुगा लगाएकी होला भन्ने लागे पनि उसको कालो छालाको ज्याकेट अगाडी सिटमा अड्काएर राखेपछि ज्यादै हावा लाग्दाको बेला उपचार गरेकी नै रहिछ । बाटामा कुनै ठाउमा पनि उ उत्रिन रामपुरको खाना खाने ठाउमा पनि उत्रिनन । सोध्दा ‘म दिनमा एक पल्ट मात्र खान खान्छु झन् यात्रामा  खानै  सक्दिन’ उसको जवाफ थियो I अच्चम लाग्यो यस्ती युवती खान मा यति सजक । बस ले बाटो समाती रहेको छ । नारायणघाटको बाटो लाग्दा उसलाई के लाग्यो कोनि उसले आफ्नो जीवनका बारेमा बताउन लागिन । हेर्नुस सर म एक बारको संचालिका हुँ जहाँ मेरो लगानी छ ।
ये ! के तिमि गायिका हौ ? 
होयिन । 
के डान्सर हौत ? 
म साझमा बार चलाउदछु । बल्ल मेरो होस् खुल्यो । यिनको भेष भुषा अलि फरक  परेको । झन्डै आधा  जिउ  मात्र छोपेकी ति युवती यति चाडै बारकी मालिक बनेको सुनेर अचम्म हुदै लगानी  कसरी गर्यौ त सोध्न मन लागि हाल्यो । कीर्तिपुरमै बस्दा मैले  एक रेस्टुरेन्ट तिन लाखमा किनेको थिए । पछी त्यसलाई नौ लाखमा बेचेर नाफा भए पछि भने बालाजुमा एक बार किनेको हो । 
कस्तो छ ?
 राम्रै  चल्छ ? राम्री चलेको छ । अनि किन झुम्का जान लागेकी त ? घर मेरो चकरघत्ति हो र बा आमाले मेरो बिहेको कुरा चलाएकाले मन नलागे पनि जादै छु ।
 ल बिहा गर्नु पनि नराम्रो हो त, त्यो त गर्ने पर्छ । होइन सर मेरो सोचाई अर्कै छ । म आफ्नो जिन्दगानीमा केहि नगरी विह गर्ने सोचमा छुइन । अनि , अनि किन घर जादै छौ त ।
 भाउजुले आफ्नै देवर संग मेरो बिवाहको कुरा चलाएका हुन् । उ अहिले अस्ट्रेलियाबाट विवाहको 
कुरा छिन्न आएकाले बोलाए पछि भ्याउदिन भन्न सकिन । त्यसो भएत झन् राम्रो बिदेस जान पाउने भएछौ । 
होइन मलाइ बिदेस जान मन छैन 
। यो त नमिल्ने कुरा भो, केटालाई के जवाफ दिन्छौ  ।
 केटोले मलाई उ चौबिस बर्ष को उमेर हुदा नै प्रपोजल राखेको थियो । अहिले म २३ बर्षको
 भए भने उ ३२ बर्षको । 
अब झन् के गछौ ? 
म केटालाई राम्ररी बुझन चाहन्छु । बाहिरी बनावट , देखावटी भन्दा मन राम्रो भएको मान्छे मलाई
 मन पर्दछ । बा आमाले ले पनि विह गर्न भनेका हुन् तर मेरो विचार अहिले होइन । मैले धरानमै नौ धुरी जग्गा किनेर राखेको छु र त्याहा घर बनाएर बा आमालाई राखेर मात्र बिवाह गर्दछु । ‘ त्यो त तिम्रो बा आमा को घर होला नि, किन तिमीलाई चिन्ता ? 
मेरा बा आमाका ठुलै घर बारी र  मौजा छन् , काम गर्ने मान्छे छन् । तर म आफै ले घर बनाएर केहि गरि आफ्नै खुट्टामा उभिन चाहन्छु I 
यो त तिर्मो दाजुहरुले गर्ने कुरो होइनत ?
हो सर, मेरा दुवै  दाजुहरु विदेश मा छन्, एक जना इण्डिया को  आर्मी मा राम्रै कमाई गर्दै  छ, अर्का सात समुन्द्र पारि ।  
बा -आमां को  पनि चकर्घट्टी मा आफ्नै घर र मौजा छ । तर यो ता उहाहरुको कमाइ हो । मेरो खोइ त । म आफ्नै कमाई ले बा - आमालाई  घरमा राख्न चाहन्छु । 
होइन बिवाह गर्रेर पनि त यस्ता काम गर्न सक्छौँ नि ।
 बिवाह गरे पछि म अर्कैको हुन्छु । फेरी मलाई माग्न आउने केटो ले मलाई उतै लाने कुरा गर्छ I म विदेश जान चाहन्न । 
 यो त झन् अचम्म को कुरा भो । युवाहरु आजकल जसरि पनि विदेश जाउ , उतै काम गरौ , घर जाम गरौ भन्ने खालका छन् ।  नानी तिम्रो त त्यसै बाटो खुलेको रहेछ । 
म केटा लाई यहि भन्छु जब सम्म मेरो घरमा बा -आमालाइ राख्दिन तब सम्म बिवाह गर्दिन र विदेश पनि जान्न , पर्खन्छौ भने पर्ख नत्र केहि छैन ।  उ लाला .. उ लाला .., मत छोना  ना ना ना,  जस्तो जोबन कि ति युवती को कुराले छक्क पार्दै रातले  बाटो काटिरहेको छ । झ्याल बाट एक तमासले हावा छिरीरहेको छ । उ आफ्नो भविष्यको योजना म एक अन्जान व्यक्तिलाई बताई रहेकी छिन ।   

 - केशब श्रेष्ठ

शुक्रबार​ २६ असोज २०८० ११:४४ AM मा प्रकाशित

प्रतिक्रिया