×

बढ्यो सुनको मूल्य

images

काठमाडौं– बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा एक हजार ८०० रुपैयाँ र चाँदी १०५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९८ हजार ६०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार १५५ रुपैयाँ कायम भएको छ ।

हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९६ हजार ८०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार ५० रुपैयाँमा खरिदबिक्री भएको थियो  । गत मङ्गलबार एक तोला छापावाल सुन दुई लाख ९१ हजार र त्यति नै परिमाणको चाँदी चार हजार ८८० रुपैयाँ मा किनबेच भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०३ र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

बिहीबार २४ बैशाख २०८३ १२:१५ PM मा प्रकाशित

प्रतिक्रिया