×

आज विश्वभर अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस मनाइदै

images

काठमाडौँ । आज विश्वभर अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस मनाइदैछ । 

हरेक वर्ष विश्व समुदायले अक्टोबर महिनाको १३ तारिखमा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रूपमा मनाउने गर्दछ । 

यस बर्षको अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवसको नारा  'विपद्पछि मात्र खर्च गर्नुको सट्टा, रोकथाम र तयारीमा लगानी गरौं' भन्ने रहेको छ । 

पृथ्वीका हरेक कुना अनि समग्र भूगोल नै विभिन्न प्राकृतिक प्रकोपहरूको सम्भाव्य जोखिममा रहेको छ । अझ मानवीय क्रियाकलाप, प्राकृतिक सम्पदाको अविवेकी प्रयोग, जलवायु परिवर्तन आदिले त झन् प्राकृतिक प्रकोपको जोखिम बढाएको छ ।

नेपाल छोटा-छोटा दूरीमा फरक भू-बनोट, हावा-पानी कालागि नेपालले पनि पछिल्ला समयमा धेरै प्राकृतिक विपत्तिहरूको सामना गरिरहेको छ । समय-समयमा आउने भूकम्प होस् या  भीषण बाढी पहिरो, भौगोलिक रूपमा विविधतासँगै जटिल नेपाल सदैव प्राकृतिक विपत्तिको उच्च जोखिममा रहेको छ ।

 

सोमबार २७ असोज २०८२ ०६:४१ AM मा प्रकाशित

प्रतिक्रिया