×

इजरायलले ट्रम्पलाई अर्को बर्षको नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गर्ने

images

काठमाडौँ । इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्को बर्षको नोबेल शान्ति पुरस्कारका लागि मनोनित गर्ने घोषणा गरेको छ ।

इजरायलको संसदमा उपस्थित रहेका ट्रम्पलाई सभामुखले अर्को बर्षको नोबेल पुरस्कारका लागि मनोनयन गर्ने घोषणा गरेका हुन् । उनले नोबेल पुरस्कारका लागि ट्रम्प सबैभन्दा बढी लायक भएको घोषणा गरेका हुन् ।

ट्रम्पले नोबेल शान्ति पुरस्कारको लागि आफ्नो दाबेदारी पेश गर्दै आएका छन् । उनले आफुले विश्वका कैयौं युद्ध रोकेको भन्दै यसै बर्ष नोबेल पुरस्कार पाउनु पर्ने बताउदै आएका थिए । तर यस बर्ष नोबेल समितिले उनको मनोनयन समयमा नभएको भन्दै उनलाई नोबेल शान्ति पुरस्कारको लागि मनोनयनमा राखेको थिएन ।

सोमबार २७ असोज २०८२ ०७:४३ PM मा प्रकाशित

प्रतिक्रिया