×

‘पर्ल ड्राइभिङ फेस्टिभल’ सुरू

images

काठमाडौं । कोभिड–१९ महामारीका कारण तीन वर्ष यता रोकिएको ‘पर्ल ड्राइभिङ फेस्टिभल’ मोती खोज्ने यात्रा शनिबारबाट सुरू भएको छ । तीन वर्षको अन्तरालपछि शनिबारबाट कुवेत शहरमा ३२ औँ पर्ल ड्राइभिङ फेस्टिभल सुरू भएको हो । आधिकारिक कुवेत समाचार एजेन्सी (कुना) का अनुसार यस पटक ६० जना युवा गोताखोरहरू मोती खोज्ने यात्रामा जानका लागि दुई वटा डुङ्गामा चढेका थिए ।

कुवेतका धनाढ्य शेख नवाफ अल–अहमद अल–जाबेर अल–सबाहको प्रायोजनमा वार्षिक कार्यक्रम आयोजना गरिएको हो । देशमा ठूला तेल भण्डारहरू प्रमाणित हुनुअघि यो एक प्राथमिक उद्योग थियो । सामान्यतया, गोताखोरहरूले श्वासप्रश्वासका उपकरणहरू प्रयोग नगरी मोती खोजि गरेर फ्रिडाइभिङ गरी यात्रामा जानुपर्ने नियम छ ।

यसले कुवेती समुन्द्री सतहलाई पुनर्जीवित राख्ने लक्ष्यका साथ मेला सुरु गरिएको हो । यो यात्रा पुर्खाको सम्झनामा राखिएको स्थानीयहरु बताउँछन् । यो यात्रा गर्न ७ घण्टाको समय लाग्नेछ । साथै आईतबारबाट उनीहरुले यात्रा सुरु गर्नेछन् ।

विगतमा गोताखोरहरुको संख्या २ सय ५० भन्दा बढी हुने गरेपनि यस वर्ष भने प्रशासक र पर्यवेक्षक बाहेकको संख्या ६० जना मात्र छ । गोताखोरहरु बिहीबार मात्रै फर्किने आयोजकको भनाइ छ ।

गोताखोरहरुले समुन्द्रको १० मिटर गहिराइमा पुगेर मोती खोज्नेछन् । एजेन्सी

आइतबार​ २८ साउन २०८० ०३:४७ PM मा प्रकाशित

प्रतिक्रिया