×

लोक गीत “घिन घिन घिन्ताङ” को म्युजिक भिडियो सार्वजनिक 

images

काठमाडौँ । नेपाली लोक गीत “घिन घिन घिन्ताङ” को म्युजिक भिडियो यूटुभमा सार्वजनिक भएको छ ।
चर्चित गायिका मिलन नेवार र उत्सव सुब्वा लामाको सुमधुर आवज रहेको नेपाली मौलिक लोक गित “घिन घिन घिन्ताङ” को  म्युजिक भिडियो एम के इन्टरटेनमेन्ट यूटुभ च्यानल मार्फत यूटुभमा सार्वजनिक भएको हो । 

नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि क्रियासिल निर्देशक सविन कुमार तोलाङगीको निर्देशन रहेको उक्त म्युजिक भिडियोमा मोडलिङ क्षेत्रमा उदयमान मोडल तथा खेलाडी दिपेन खड्काको साँथमा चर्चित मोडल उसा उप्रेती र जुना सुन्दासको मुख्य अभिनय रहेको छ भने भिडियोमा अन्य कलाकारहरु पार्वति गिरी र रेशम गुरुङको पनि अभिनय रहेको छ ।

कमल प्रसाद शर्माको निर्माण रहेको म्युजिक भिडियोमा छायांकन चर्चित छायाँकार नवराज उप्रेतीको रहेको छ । नृत्य निर्देशन रबि सुनार, भिडियो सम्पादन तथा रंग संयोजन प्रबिन भट्ट, सिंगार बिमला तामाङ र फोटोग्राफी अनिल बि.सिको रहेको छ ।

उक्त गितको शब्द सुरेन सिर्जन, संगित गायक उत्सव सुब्बा लामा र एरेन्ज, मास्टरीङ र मिक्सीङ संगितकार तथा गायक आर.बि लामाको रहेको छ ।

भिडियो हेर्नको लागी तलको लिकं किलीक गर्नुहोस 

https://www.youtube.com/watch?v=b_s_ovMuw_M

सोमबार ३० जेठ २०७९ ०६:१६ PM मा प्रकाशित

प्रतिक्रिया