×

घाइते र बिरामीको हेलिकप्टरबाट उद्धार

images

हुम्ला र धनगढीबाट आज घाइते र बिरामीलाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल पु¥याइएको छ । हुम्ला जिल्लाको चङ्खेली गाउँपालिका–२ स्थित महादेव मावि मतदान केन्द्रमा खटिएका कार्यालय सहयोगी ५२ वर्षीय काला रोकायालाई हेलिकप्टरबाट सुर्खेत ल्याइएको हो । मतदान केन्द्रमा भएको झडपमा परी टाउकामा गम्भीर चोट लागेका उहाँलाई उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत ल्याइएको थियो । 

यस्तै सेनाको हेलिकप्टरमार्फत नै हृदयघात भई ज्यान जोखिममा रहेका सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापालाई समेत धनगढी रङ्गशालाबाट नेपालगञ्जसम्म हेलिकप्टरमार्फत ल्याइएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिनुभयो । 

शुक्रबार​ ३० बैशाख २०७९ ०९:१२ PM मा प्रकाशित

प्रतिक्रिया