×

बुटवलमा स्कुल बस दुर्घटना, १० जना घाइते

images

बुटवल : बुटवलमा स्कुल बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। आइतवार बिहान विद्यार्थी बोकेको एभरेष्ट बोर्डिङ स्कुलको लु १ क ५४४ नम्बरको बस बुटवल उपमहानगरपालिका(४ स्थित ज्योतिनगरमा दुर्घटना भएको हो।

घाइतेमध्ये ८ जना विद्यार्थी, चालक र सहचालक रहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ। घाइते सबैलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ।

घाइतेमध्ये ३ जना विद्यार्थी, चालक र सहचालकको अवस्था मध्यम रहेको र अन्य विद्यार्थीको अवस्था सामान्य रहेको छ। उक्त बसमा ८ जना विद्यार्थी, चालक र सहचालक गरी १० जना रहेको बताइएको छ।

आइतबार​ १ फागुन २०७८ ०१:२४ PM मा प्रकाशित

प्रतिक्रिया