×

एमसीसी विरुद्ध गाईघाट,बेल्टार र कटारीमा एकैसाथ

images

काठमाडौँ  : मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी विरुद्ध उदयपुरको सदरमुकाम गाईघाटका प्रमुख बजार क्षेत्र कटारी र बेल्टारमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका भातृ सँगठनहरुले सँयुक्त विरोध जुलुस निकालेका छन् ।

विरोधमा आ(आफ्नो संगठनको झन्डा बोकेर सयौंले उपस्थिति जनाएका हुन् । विरोधको आयोजना युवा संघ,अनेरास्ववियू र अखिल नेपाल महिला संघ समाजवादीले गरेका हुन् ।


कटारीमा आयोजित विरोध सभाको नेतृत्व कृष्ण खडका, बेल्टारमा विसन बिष्ट र सदरमुकाम गाईघाटमा जनार्दन रेग्मी,ओम श्रेष्ठ, सुरेश साहलगायतका विद्यार्थी नेताहरुले गरेका थिए ।

आइतबार​ १ फागुन २०७८ ०५:०६ PM मा प्रकाशित

प्रतिक्रिया