×

नेप्समा झण्डै १ सय अंकको गिरावट

images

काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आइतबार प्रतिनिधिसभामा महाभियोग दर्ता भएसँगै यसको प्रभाव  नेप्से मा समेत परेको छ । यसैदिन खुलेको बजारमा १२ देखि साढे १ बजेसम्ममा झण्डै एकसय अंकले बजार खस्किएको छ ।

यो समाचार तयार पार्दासम्म अर्थात् १२ : ३० बजेसम्ममा नेप्से अधिकतम ८२.६४ अंकले घटेर २७ सय १८.९२ बिन्दुमा ओर्लिसकेको छ । यद्यपि, यो अंकको केही सुधार हुने संकेत पनि देखिन्छ । तर, बजार खुलेको एक–दुई घण्टाभित्रै ३ प्रतिशतको परिवर्तन देखिनुले लगानीकर्ताहरु पेनिक हुन पुगेका छन् । 


यसदिन सबैभन्दा बढी हाइड्रोपावर समूहको अधिकतम ४.२८ प्रतिशतले गिरावट आएको छ भने निर्जीवन बीमा समूहको ३.७८ प्रतिशतले र फाइनान्स समूह ३.५१ प्रतिशतले घटेका छन् । अन्य सबै समूह आज घट्दो क्रममा रहेका छन् । 


सेयर बजार परिसूचक नेप्सेमा बिहीबार पनि कुनै सुधार आएन । केहीँ दिनयता लगातार ओरालो यात्रामा रहेको नेप्सेमा आज पनि ११ अंकको माथिको गिरावट आएको हो ।  अहिलेकै अवस्था कायम रहे बेलुका (बजारको अन्तिम समयसम्म) नेप्सेको अवस्था नाजुक रहने प्रायः निश्चित छ । गत बिहीबार नेप्से सूचक ११.९६ अंकले घट्दै २८ सय १.५६ विन्दुमा अडिएको थियो । 
 

आइतबार​ १ फागुन २०७८ ०१:५९ PM मा प्रकाशित

प्रतिक्रिया