×

सरकार र जेनजीबिच भएको सम्झौताप्रति एमालेको आपत्ति

images

काठमाडौँ । नेकपा एमालेले सरकार र जेनजीबिच भएको १० बुँदे सम्झौताप्रति गम्भीर आपत्ति जनाएको छ ।  आज बसेको सचिवालय बैठकले सो सम्झौताको विरोध गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

सरकारले जेनजी प्रतिनिधिसँग मङ्सिर २४ गते भएको सम्झौताप्रति एमालेले गम्भीर ध्यानाकर्षण भएको निष्कर्ष निकालेको ज्ञवालीले जानकारी दिए । सरकारले आफ्नो कार्यभारभन्दा बाहिर गएर सरकारले गर्ने कुनै सम्झौता गर्ने अधिकार नभएको एमालेले निष्कर्ष निकालेको छ ।  एमालेले जनताको मत भन्दा बाहिर गएर संविधान संशोधन हुन नसक्ने भन्दै एमालेले दलहरूलाई बाहिर राखेर कुनै सहमति सम्झौता हुन नसक्ने एमालेको निष्कर्ष रहेको ज्ञवालीले जानकारी दिए। 

शुक्रबार​ २७ मंसिर २०८२ ०८:५३ PM मा प्रकाशित

प्रतिक्रिया