काठमाडौँ । चीनको सिचुआन प्रान्तमा हालै उद्घाटन गरिएको होङची पुल आंशिक रूपमा भत्किएको छ । दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो पुल राष्ट्रिय राजमार्गमा निर्माण गरिएको थियो र लगभग ७५८ मिटर लामो थियो ।
पहाड र पुल वरपरका सडकहरूमा चिराहरू देखा परेपछि र पहाडको किनार चिप्लन थालेपछि सुरक्षाको कारणले गर्दा पुल तुरुन्तै बन्द गरेका थिए । मंगलबार दिउँसो स्थिति बिग्रियो र पहाडबाट ठूलो मात्रामा माटो खसेर पुलको एक भाग भत्कियो ।
अहिलेसम्म कुनै घाइते वा मृत्युको रिपोर्ट आएको छैन । भिडियोमा धुलोको बादल उडिरहेको र भाँचिएको पुलको खम्बा चट्टान र तलको नदीमा खसेको देखाइएको छ ।
केहि महिना मात्र पुलको निर्माण सम्पन्न भएको थियो । यो चिनियाँ मैदानहरूलाई तिब्बतसँग जोड्ने राष्ट्रिय राजमार्गमा निर्माण गरिएको थियो र सेप्टेम्बर २८ मा यातायातको लागि खोलिएको थियो । पुल उपत्यकाको भुइँबाट लगभग ६२५ मिटर माथि रहेको बताइएको छ ।
प्रतिक्रिया