रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । चौधरीले आगामी मंसिर ४ मा हुने आम निर्वाचनका लागि बर्दिया(२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका थिए । उनको जन्मकैदको मुद्दा रहेकाले कानुनअनुसार उम्मेदवारी खारेज भएको निर्वाचन अधिकृत नगेन्द्र लम्सालले नेपाल प्रेसलाई जानकारी दिए ।
चौधरीको उम्मेदवारी खारेजीको माग गर्दै माओवादी केन्द्रका प्रतिनिधिसभा उम्मेदवार सुरेश पन्थले उजुरी दिएका थिए । चौधरी हाल डिल्लीबजारस्थित कारागारमा सजाय भोगिरहेका छन् ।
यसैबीच उनको श्रीमती रन्जिता श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेदवारी खारेजीका विषयबारे ‘अन्याय’ भएको टिप्पणी गरेकी छन् ।
प्रतिक्रिया