काठमाडौँ । बेलायतका पूर्व प्रधानमन्त्री ऋषि सुनकले माइक्रोसफ्ट र एन्थ्रोपिकका लागि काम गर्ने भएका छन् ।
सुनकलाई माइक्रोसफ्टले वरिष्ठ सल्लाहकारमा नियुक्त गरेको छ र कम्पनीलाई 'बृहत् आर्थिक र भूराजनीतिक प्रवृत्तिहरूमा उच्च-स्तरीय रणनीतिक दृष्टिकोणका साथै नवप्रवर्तन, नियमन र डिजिटल रूपान्तरणका बारेमा अन्तर्क्रिया गर्ने जिम्मेवारी दिइएको छ ।
उनले आफ्नो तलब आफ्नो र उनकी श्रीमती अक्षता मूर्तिको संख्यात्मक सीप परोपकारी संस्था, द रिचमन्ड प्रोजेक्टलाई दान गर्ने बताएका छन् ।
सांसदहरूको लागि बाह्य कामहरूको मूल्याङ्कन गर्ने वाचडग अकोबाले सुनकले बेलायतको नीतिगत मामिलामा सल्लाह नदिने बताएको छ । सुनकलाई अमेरिकी टेक जायन्ट माइक्रोसफ्ट र एआई फर्म एन्थ्रोपिकका लागि अंशकालिक तलबयुक्त सल्लाहकारको रूपमा काम गर्न अनुमति दिइएको छ । सरकारी निगरानी गर्ने संस्था, व्यापार नियुक्तिसम्बन्धी सल्लाहकार समितिले सुनकलाई अनुमति दिएको घोषणा गरेको हो ।
समितिले सुनकलाई दुई वर्षसम्म कुनै पनि कम्पनीको तर्फबाट सरकारलाई पैरवी गर्न अनुमति नदिने बताएको छ । समितिले सुनकले प्रधानमन्त्री कार्यालयमा उपलब्ध कुनै पनि विशेषाधिकार प्राप्त जानकारी प्रयोग नगर्ने पनि शर्त राखेको छ ।
सुनक २०२२ को अक्टोबरदेखि २०२४ को जुलाईसम्म बेलायतको प्रधानमन्त्री रहेका थिए ।
प्रतिक्रिया