काठमाडौँ — नेपाली कांग्रेसभित्र महाधिवेशनको वैधानिकतालाई लिएर संस्थापन इतर समूह र देउवा समूहबीच विवाद उत्कर्षमा पुगेका बेला पूर्वसभापति शेरबहादुर देउवा पक्षले समानान्तर महाधिवेशनका लागि देशभरका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।
गगन थापा र इतर पक्षले अघि बढाएको विशेष महाधिवेशन तथा निर्वाचन कार्यतालिकाको प्रतिवादस्वरूप देउवा समूहले छुट्टै तयारी तीव्र पारेपछि कांग्रेसभित्रको आन्तरिक विवाद थप जटिल मोडमा पुगेको हो।
शनिबार देउवा समूहको महाधिवेशन तयारी सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलले विज्ञप्ति जारी गर्दै ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि तोकिएको पुष्टि गरेका हुन्।
यस्तो छ देउवा समूहको महाधिवेशन कार्यतालिका
१४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई नै १५औँ महाधिवेशन गराउने वैधानिक अधिकार रहेको दाबी गर्दै देउवा समूहले आफ्नै समानान्तर कार्यतालिका सार्वजनिक गरेको छ:
७७ जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरूको पूर्ण सूची:
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कोशी प्रदेश
मधेश प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
(बाँकी जिल्लाहरूमा पनि साउनमा सम्पन्न राष्ट्रिय भेलाको म्यान्डेट अनुसार स्थानीय नेताहरूलाई जिम्मेवारी बाँडफाँड गरिएको छ।)
कांग्रेसभित्र बढ्दो विभाजनको जोखिम
गगन-विश्वप्रकाश (इतर) समूहले यसअघि नै असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको पृष्ठभूमिमा देउवा पक्षले समानान्तर रूपमा समानान्तर अधिवेशन घोषणा गरेपछि मातहतका कार्यकर्ताहरू कुन महाधिवेशन वैधानिक हो भन्ने अन्योलमा परेका छन्। पार्टीको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा दुवै पक्ष फिल्डमै ओर्लिएर वारपारको लडाइँमा लागेका कारण नेपाली कांग्रेस ऐतिहासिक फुट र कानुनी संकटको संघारमा पुगेको राजनीतिक विश्लेषकहरूको ठहर छ।
प्रतिक्रिया