×

अभिनेत्री गुरुङको कविता सङ्ग्रह

images


काठमाडौँ, :अभिनेत्री कविता गुरुङले कविता सङ्ग्रह ‘मेरो कविताको शीर्षक छ’ बजारमा ल्याउनु भएको छ । चलचित्र ‘बबी’ मा अभिनय गर्नुभएकी

     गुरुङले जीवनका भोगाइ र अनुभव कवितामार्फत् उतारेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “म कवि, साहित्यकार होइन । आफूले लेखेको कविता सबैलाई सुनाउन, देखाउन मन लागेकाले तयार गरेकी हुँ ।

  यसमा यथार्थ छ ।” दस कविता सङ्ग्रहित पहिलो पुस्तक सार्वजनिक गरेको बताउँदै गुरुङले अगामी दिनमा पनि कविता लेखनलाई निरन्तरता दिने जानकारी दिनुभयो । उहाँले गत वर्ष ‘म अनि मेरो’ नामक आत्मकथा ल्याउनुभएको थियो । 

    आत्मकथामा उहाँले ‘कलेज लाइफ’, प्रेम, अन्तरजातीय विवाह, माइती पक्षको अवरोध, बुहारी हुँदाको अनुभव र नेपालदेखि नर्वेसम्मको यात्रालाई चित्रण गर्नुभएको थियो । उहाँले कविता सङ्ग्रहमा पनि जीवनका त्यही कालखण्डका भोगाइ प्रस्तुत गर्नुभएको छ । 
 

शनिबार २७ साउन २०८० ०३:२४ PM मा प्रकाशित

प्रतिक्रिया